• ट्रेण्डिङ्ग :
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए


  • 5.4K
    SHARES
    • आषाढ २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 8.2K Views

    अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

    काठमाडौं, २२ असार । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    images

    घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ३१ वर्षिय ताम्राकार मृत अवस्थामा भेटिएको जनाइएको छ । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

    आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको समेत प्रवक्ता रिजालले जनाए ।

    फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

    सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । पिताको लिगेसी पछ्याउदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।


    तेस्रो आँखा