- तेस्रो आँखा डेस्क
काठमाडौं, ६ पुस । नेपालमा देशभर पछिल्लो २४ घण्टामा दुई सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १२४७३ जनाको पिसिआर परिक्षण गर्दा २५२ जनामा र ४६१६ एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १७०८९ जनाको कोरोना परिक्षण गर्दा २९० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५२४२ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

