• ट्रेण्डिङ्ग :
साउन १ गतेदेखि आयात हुने सम्पूर्ण वस्तुमा लेबल लगाउनुपर्ने

साउन १ गतेदेखि आयात हुने सम्पूर्ण वस्तुमा लेबल लगाउनुपर्ने


  • 3.7K
    SHARES
    • आषाढ २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    साउन १ गतेदेखि आयात हुने सम्पूर्ण वस्तुमा लेबल लगाउनुपर्ने

    काठमाडौं, २२ असार । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने सम्पूर्ण वस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन सूचना जारी गरेको छ । आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुरुप विभागले निर्देशन दिएको हो ।

    images

    आर्थिक ऐनअनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउनु पर्नेछ ।

    त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी गराएको हो । साउन १ गतेदेखि लेबल नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा कारबाही हुने विभागले जनाएको छ ।


    तेस्रो आँखा