• ट्रेण्डिङ्ग :
११ महिनामा १९ करोडभन्दा बढीको तास आयात, कुन देशबाट कति ?

११ महिनामा १९ करोडभन्दा बढीको तास आयात, कुन देशबाट कति ?


  • 4.5K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    ११ महिनामा १९ करोडभन्दा बढीको तास आयात, कुन देशबाट कति ?

    काठमाडौं, २४ असार । चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ ।

    images

    तास आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो । गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो ।

    कुन देशबाट कति तास आयो ?

    यस वर्ष सबैभन्दा धेरै तासाको आयात चीनबाट भएको छ । भन्सार विभागका अनुसार नेपालमा चीन, भारत, जापान, मलेसिया, यूएई, बेलायत र अमेरिकाबाट तास आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चीनबाट १७ करोड ६ लाख दुई हजार र भारतबाट दुई करोड तीन लाख १८ हजारको तास आयात भएको छ । जापानबाट तीन हजार, मलेसियाबाट एक हजार र अमेरिकाबाट सात हजारको तास आयात भएको विभागले जनाएको छ ।


    तेस्रो आँखा