काठमाडौं, पुस ७ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ८१ हजार दुई सय ६४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको रिपोर्टअनुसार हालसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच करोड २२ लाख ५३ हजार आठ सय बढी रहेको छ।
यस्तै, अमेरिकापछि यूकेमा पनि कोरोनाका नयाँ विरामीहरु सबैभन्दा बढी थपिएका छन्। यूकेमा गत २४ घण्टामा ९० हजार ६ सय २९ जना कोरोनाका संक्रमित थपिएका हुन्। यो सँगै यूकेमा कोरोना संक्रमित हुनेको संख्या एक करोड १५ लाख ४२ हजार एक सय पुगेको छ।
गत २४ घण्टामा विश्वभरमा कोरोनाका सात लाख ४४ हजार दुई सय ६४ संक्रमित थपिएका छन् भने ७ हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ लाख ८४ हजार ६ सय १९ पुगेको छ।
यस्तै, कोरोनाबाट संक्रमित हुनेको संख्या २७ करोड, ६५ लाख ६६ हजार नौ सय पुगेको छ। सबै भन्दा बढी अमेरिकामा ५ करोड २२ लाख ५३ हजार ८ सय ४८ जना संक्रमित भएका छन्। यस्तै, कोरोना संक्रमितको संख्याको हिसाबमा दोस्रो स्थानमा भारत रहेको छ। भारतमा तीन करोड ४७ लाख ५८ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी तेस्रो स्थानमा ब्राजिल रहेको छ जहाँ दुई करोड २२ लाख १९ हजार चार सय ७७ जना संक्रमित रहेका छन्।
चौथो र पाँचौ स्थानमा क्रमस ब्राजिल र रसिया रहेका छन्। यी दुई देशमा पनि हालसम्म संक्रमित हुनेको संख्या १ करोड बढी छ।
