• ट्रेण्डिङ्ग :
बैङ्क तथा वित्तीय संस्था शनिबार (आज) पनि खुला

बैङ्क तथा वित्तीय संस्था शनिबार (आज) पनि खुला


  • 3.8K
    SHARES
    • आषाढ ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    बैङ्क तथा वित्तीय संस्था शनिबार (आज) पनि खुला

    काठमाडौँ, ३० असार । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खुला नै रहने भएका हुन् ।  

    images
    नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरे पछि शनिवार पनि बैङ्क तथा वित्तीय संस्थाहरू खुला भएका हुन् । 
    आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैङ्कले निर्देशन दिएको थियो ।


    तेस्रो आँखा