- तेस्रो आँखा डेस्क
काठमाडौं, ७ पुस । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्रले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएकी हुन् । ।
उनका अनुासर संक्रमित व्यक्ति होम आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको पनि उनले बताइन् ।
यससँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
