• ट्रेण्डिङ्ग :
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


  • 2.5K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    सुनको मूल्य बढ्यो

    काठमाडौं २ साउन /
    स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ  । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

    images

    महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँका कारोबार भएको छ । तेजाबी सुन सोमबार एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


    तेस्रो आँखा