लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९/८० मा ८९.७३ प्रतिशत खर्च 

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९/८० मा ८९.७३ प्रतिशत खर्च 


  • 4.4K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९/८० मा ८९.७३ प्रतिशत खर्च 

    दाङ २ साउन/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० मा ८९.७३ प्रतिशत खर्च गरेको छ ।  १६ अरब ७३ करोड २ लाख ३४ कुल बजेटमा ८१ साल असार मसान्तसम्म जम्मा १५ अरब १ करोड ७२ लाख ७ हजार ५ सय खर्च भएको कोश तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख कोश नियन्त्रक बिष्णु ज्ञवालीले जानकारी दिए ।

    images

    रुपन्देही जिल्लाबाट हामी जम्मा १ सय ४ वटा कार्यालयलाई बजेट दिन्छौँ ज्ञवालीले भने, रुपन्देहीका  १६ वटा स्थानीय तहले ७७ प्रतिशत बजेट खर्च गरेका छन् । हाम्रो कार्यालयको बजेट कार्यान्वयन र वित्तीय अनुशासनको जिम्मेवारी छ ।

    प्रमुख कोश तथा लेखा नियन्त्रक बिष्णु ज्ञवालीका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहलाई १५ अरब ८ करोड १ लाख १५ हजार बजेट मध्ये ११ अरब ४० करोड ६५ लाख ३६ हजार बजेट खर्च गरेका छन् । 


    तेस्रो आँखा