• ट्रेण्डिङ्ग :
एसबीआई बैंकले २ अर्बको ऋणपत्र ल्याउँदै

एसबीआई बैंकले २ अर्बको ऋणपत्र ल्याउँदै


  • 3.4K
    SHARES
    • श्रावण ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    एसबीआई बैंकले २ अर्बको ऋणपत्र ल्याउँदै

    काठमाडौं,  ३ श्रावण । नेपाल एसबीआई बैंकले २ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९.७५% ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    images


    तेस्रो आँखा