ओमिक्राेन त्रास : दिल्लीमा क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक

ओमिक्राेन त्रास : दिल्लीमा क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक


  • 5.7K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    ओमिक्राेन त्रास : दिल्लीमा क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक

    काठमाडौं, ८ पुस । भारतमा ओमिक्रोनका संक्रमितहरु थपिन थालेसँगै विभिन्न राज्यहरुले कडाइ गर्दै गइरहेका छन्। नयाँ वर्ष २०२२ र क्रिसमस को अवसरमा हुने ठूला कार्यक्रम रोक्न दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले निर्देशन जारी गरेको छ। 

    images

    कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ । 

    भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका दुई सय १३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो। 

    दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका एक सय २५ नयाँ संक्रमित थपिएका छन्। अहिले छ सय २४ सक्रिय संक्रमित रहेका छन्। 

    केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए। 

    अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन्। 

    अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ।  

  • सम्बन्धित विषय:

  • # omicron
  • # News year 2022
  • # क्रिसमस
  • # नयाँ वर्ष

  • तेस्रो आँखा