२४ घण्टामा काेराेनाका २ सय बढी संक्रमित थपिए

२४ घण्टामा काेराेनाका २ सय बढी संक्रमित थपिए


  • 7.2K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    २४ घण्टामा काेराेनाका २ सय बढी संक्रमित थपिए

    काठमाडौं, ८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार पाँच सय १० जनाको पीसीआर परीक्षण गर्दा दुई ४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी दुई सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

    यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको ज्यान गएको छ। भने दुई सय ६३ जना संक्रमणमुक्त भएका छन्।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार सात सय ५६ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार पाँच सय ८१ पुगेको छ भने ८ लाख ९ हजार नौ सय २२ जना संक्रमणमुक्त भएका छन्।

  • सम्बन्धित विषय:

  • # काेराेना
  • # corona

  • तेस्रो आँखा