• ट्रेण्डिङ्ग :
आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


  • 2.9K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    आज सुनचाँदीको मूल्य घट्यो

    दाङ १५ साउन/ नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

    images

    यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    तेस्रो आँखा