अस्पतालबाट फरार कैदीको खोजीकार्य जारी, भगाउन सहयाेग गरेकाे आशंकामा थप एक जना पक्राउ

अस्पतालबाट फरार कैदीको खोजीकार्य जारी, भगाउन सहयाेग गरेकाे आशंकामा थप एक जना पक्राउ


  • 9.0K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    अस्पतालबाट फरार कैदीको खोजीकार्य जारी, भगाउन सहयाेग गरेकाे आशंकामा थप एक जना पक्राउ

    काठमाडौं, ९ पुस । उपचार गर्न गएका कैदी भगाउन सहयोग गरेको भन्दै दाङ प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार फरार रहेका कैदीको खोजी कार्य जारी रहेको छ। 

    images

    तेस्रोआँखासँग कुरा गर्दै प्रहरी प्रमुख एसपी काफ्ले भने, ‘कैदीलाई भगाउन सहयोग गरेको आशंकामा एक जना प्रहरी जवान र अर्का एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। हामीले फरारको लोकेशन लोकेट गरेका छौं जाँदै छौं।’ 

    दाङको जिल्ला कारागारमा २० वर्ष कैद  सजाय पाएका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन गएको समयमा प्रहरीकै मोटरसाईकल लिई फरार भएका थिए।

    परियार बिहान छालाको उपचार गर्न भन्दै प्रहरी जवान धन वहादुर चौधरीसँगै लु ३४प ४१० नम्बरको मोटरसाईकलमा चडेर गएको दाङ प्रहरीले जनाएको छ।

    उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको प्रहरीको भनाइ छ। त्यसमा प्रहरी चौधरीको मिलेमतोको आशंका भइरहेको एसपी काफ्लेले जानकारी दिए।

    घटनाबारे चौधरीले दिउँसो चार बजेतिर मात्रै अवगत गराएको हुँदा आशंका गर्ने प्रशस्त आधारहरू रहेको उनले बताए।

    कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई सजाय सुनाएको थियो। परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका छन्। 

  • सम्बन्धित विषय:

  • # कैदी
  • # कारागार बाट कैदी फरार

  • तेस्रो आँखा