भारतको उच्च अदालतले भन्यो , 'ओमिक्रोन भेरियन्ट बढेकाले विधान सभा निर्वाचन स्थगित गर्नु'

भारतको उच्च अदालतले भन्यो , 'ओमिक्रोन भेरियन्ट बढेकाले विधान सभा निर्वाचन स्थगित गर्नु'


  • 6.0K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    भारतको उच्च अदालतले भन्यो , 'ओमिक्रोन भेरियन्ट बढेकाले विधान सभा निर्वाचन स्थगित गर्नु'

    काठमाडौं, ९ पुस । अलाहबाद उच्च न्यायलयले राजनीतिक दलका सार्वजनिक वैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधान सभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो।

    images

    आगामी फेब्रुबरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो। कोभिड संक्रमण र मृत्युका घटना बढेको र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो।

    २३ डिसेम्बरमा परेको उजुरीबारे सुनुवाई गर्दै न्यायाधीश शेखर कुमार यादबले निर्वाचनका सम्पूर्ण ह्याली र सार्वजनिक कार्यक्रम बन्द गर्न अनुरोध गरेका हुन् । न्यायाधीश यादबले ह्याली र भिडभाडभन्दा पनि पत्रपत्रिका र टेलिभिजनका माध्यमबाट प्रचार गर्न राजनीतिक दलहरलाई अनुरोध गरेका छन्। (एजेन्सी)

  • सम्बन्धित विषय:

  • # ओमीक्राेन
  • # विधानसभा निर्वाचन

  • तेस्रो आँखा