कोभ्याक्सअन्नर्गत छ लाख ६४ हजार भन्दा बढी फाइजर खोप नेपाल आइपुग्यो

कोभ्याक्सअन्नर्गत छ लाख ६४ हजार भन्दा बढी फाइजर खोप नेपाल आइपुग्यो


  • 8.1K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    कोभ्याक्सअन्नर्गत छ लाख ६४ हजार भन्दा बढी फाइजर खोप नेपाल आइपुग्यो
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं । कोभ्याक्स कार्यक्रमअन्तर्गत कोरोना भाइरसविरुद्वको ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप शुक्रबार काठमाडौ आइपुगेको छ । 

    images

    स्वास्थ्य सेवा विभागकाअनुसार प्राप्त खोप काठमाडौं उपत्यकाका तीन जिल्लासहित चितवन, सिन्धुली र डडेलधुराका १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई खोप लगाइनेछ। सरकारले पुस १३ गतेदेखि ८ जिल्लामा लगाउने भएको छ । 

    हाल ५७ जिल्लाका १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीमा खोप अभियान सञ्चालन भइरहेको छ । हालसम्म कोभ्याक्स कार्यक्रमअन्तर्गत ७० लाख बढी डोज खोप नेपाल आइसकेको छ । ६० लाख फाइजरको खोप खरिद गर्ने प्रकृया सुरु भइसकेको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # खाेप
  • # फाइजर

  • तेस्रो आँखा