• ट्रेण्डिङ्ग :
 सार्वजनिक सवारी साधनको भाडा बढ्यो

 सार्वजनिक सवारी साधनको भाडा बढ्यो


  • 3.6K
    SHARES
    • श्रावण ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.6K Views

     सार्वजनिक सवारी साधनको भाडा बढ्यो

    काठमाडौं ३१ साउन/ सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

    images

    तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६ दशमलव ८३ प्रतिशतले बढेको हो ।

    बढेको भाडादर आजैबाट लागु भएको हो । विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ ।

    निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ । मंगलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको छ ।


    तेस्रो आँखा