• ट्रेण्डिङ्ग :
देशभर डेंगीबाट १४ हजार २ सय संक्रमित, १० जनाको मृत्यु

देशभर डेंगीबाट १४ हजार २ सय संक्रमित, १० जनाको मृत्यु


  • 3.0K
    SHARES
    • श्रावण ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    देशभर डेंगीबाट १४ हजार २ सय संक्रमित, १० जनाको मृत्यु

    काठमाडौं ३२ साउन/ देशभर अहिलेसम्म डेंगीबाट १४ हजार २ सय जना संक्रमित भएका छन् । कोशी प्रदेशको सुनसरी जिल्लामा मात्रै ९ हजार संक्रमित रहको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासिनीले जानकारी दिए ।

    images

    डा।मरासिनीले डेंगी संक्रमण वर्षा यामसँगै सुरु भएर दशैँ तिहारसम्म रहन सक्ने भएकाले सतर्क रहन अनुरोध गरे ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।मरासिनीले विभिन्न रोगबाट पीडित १० जनाको डेंगी सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिए ।

    डेंगीबाट सबैभन्दा बढी संक्रमित सुनसरी, धादिङ र मोरङ जिल्ला रहेका छन् भने अहिलेसम्म डोल्पा र मुगु जिल्लामा संक्रमण शुन्य रहेको छ ।


    तेस्रो आँखा