• ट्रेण्डिङ्ग :
 डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो 

 डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो 


  • 3.2K
    SHARES
    • भाद्र १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

     डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो 

    काठमाडौं १ भदौ / नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट १७ सम्म १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ । डेंगीबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् ।  पछिल्लो साता वाग्मती उपत्यकाका तीन जिल्लासहित धादिङमा संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांकले देखाएको छ । धादिङमा डेंगी संक्रमितको संख्या एक हजार ७५६ पुगेको छ । 

     


    तेस्रो आँखा