• ट्रेण्डिङ्ग :
डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो


  • 5.5K
    SHARES
    • भाद्र ३, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 8.5K Views

    डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो

    दाङ ३ भदौ / नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९ सम्म १६ हजार २६७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

    images

    डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १२ हजार २१ र बाग्मतीमा दुई हजार ६५७ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ६२५ जना संक्रममित भएका छन् । अगष्टका १९ दिनमा देशभर आठ हजार ४२४ संक्रमित थपिएका छन् ।


    तेस्रो आँखा