काठमाडौं, १० पुस । पछिल्लो २४ घण्टामा नेपालभर एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार हजार दुई सय ८३ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय ५७ जनामा कारोना संक्रमण पुष्टि भएको हो।
यस्तै, दुई हजार एक सय ६४ जनामा गरिएको एन्टीजेन परिक्षणमा १० जनामा कोरोना भाइरस संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा कोरोना परिक्षण भने छ हजार चार सय ४७ जनामा गरिएको थियो भने निको भएकाको जम्मा संख्या भने २ सय २६ रहेको छ।
