अञ्जना चौधरी, दाङ १२ भदौ/ दाङको गढवागाउँपालिका वडा नं. ६ की मञ्जु यादव विहानको खाना खाएर कोठामा काखे छोरालाई सुताउँदै थिइन् । बिहान खाना खाएको भाडाधारामा यत्रतत्र छरिएका थिए । भान्सा सफा गर्न बाँकी नै थियो । अझ भैसीको भकारो सोरेर घाँस काट्न पनिजानु थियो । उनको काखे छोरो भर्रखर डेढ बर्षको हुँदैछ, तर उनी अर्को सन्तानलाई जन्मदिन तरखरमा छिन् । मञ्जु उमेरले भर्खर ३४ वर्ष पुग्दैछिन् । १८ बर्षमै विवाह बन्धनमा बाँधिएकी मन्जुले २०७२ सालदेखि २०८० सम्म आठ वर्षको अवधिमा पाँच सन्तानलाई जन्मदिइसकेकी छिन् भने छैटौं बच्चा यही भदौमा जन्मिदैछ ।
छैटौ पटक आमा बन्न लागेकी मन्जुले दुई वटा बच्चा भने गुमाइसकेकी छिन् । एउटा छोरा जन्मेको दुई महिनामा गुमाईन भने अर्को बच्चा पेटमै मरेको जन्मियो । तर उनलाई बच्चा के कारणले मरेको जन्मियो भन्ने कुराको समेत ज्ञान छैन । उनी भन्छिन् –‘म एक्ली बुहारी सबै कामआफैले गर्नुपर्छ, त्यस माथिबर्ष, डेढ बर्षमै अर्को बच्चा जन्माउने हुर्काउने जीउ त्यसै खलेको महसुस हुन्छ ।’ उनले गर्भवती भएको समयमा समेत आरामगर्न पाइनन् । गर्भअवस्थामा घरको सबै काम गर्नुका साथै गरुङ्गे भारीसमेत बोक्ने गरेको बताउँछिन् । बच्चा जन्माउने अन्तिम अवस्थामा पुगेकी उनी अहिले पनि घाँस दाउरा गर्न जानेगरेको बताउँछिन् । बिवाहपछि उनले कहिल्यै सुखको सास फेर्न पाइनन् । विवाह भएको ८ वर्षसम्म यादवबाट बच्चा जन्मिएनन् । लामो समयसम्म बच्चा नभएपछि उनले घरपरिवारदेखि छरछिमेकीबाट नानाथरीको लान्छना खेप्नुप¥यो ।
बच्चा किन भएन भनेर उनले अस्पताल गएर चेकजाँच समेत गराउन पाईनन् । ‘परिवारले पनिकतै गएर औषधि गराउनभन्नु भएन मलाई पनि कहाँ गएर औषधि गराउने हो भन्ने केही थाहा भएन समाजको तिरस्कार सहेर ८ वर्ष वित्यो’ उनी भन्छिन् । लामो संघर्षपछि यादवको जीवनमा खुशीछायो । उनले २०७२ सालमा जेठीछोरीलाई जन्मदिइन् । २०७२ सालको भुकम्पले सारा नेपाली त्रासमा भएको बेला मञ्जु भने खुशीले गद्गद्थिइन् । अहिले छैटौं सन्तानको आमा बन्ने अवस्थामा पुग्दासम्म उनलाई घरको सारा काम र आधादर्जन छोरा छोरीे स्याहार सुसारको चाप बढ्दै गएको छ ।
परम्परागत सोँच परिवर्तनमा समस्या
गढवाकै ईन्द्रावती यादवको पनि रजश्वला नहुँदै विवाहभयो । उनलाई आफ्नो विवाह भएको कुरा पनि याद छैन । विवाह भएपछि तीनवर्ष माइत बसेकी उनी त्यसपछि श्रीमानको घरमा गइन् । श्रीमानको घरमा गएको दुईवर्ष पछि उनी पहिलो पटक आमा बनिन् । र उनले वर्ष ैपिच्छे गरि ९ वटा छोराछोरीलाई जन्मदिइन् । तर उनले पनि एउटा छोरालाई गुमाइसकेकी छन् भने ६ बहिनी छोरी र २ वटाछोरा उनकै साथमा छन् ।
नौ सन्तानलाई जन्मदिएकी ईन्द्रावती गर्भवती भएको बेला अस्पताल गएर नत चेकजाँच गराइन्,नत बच्चा जन्मेपछि अस्पताल लगिन् । यतीसम्मकी उनले बच्चा बिरामी भएको बेला पनि उपचारको लागि अस्पताल लगिनन् । छोरा बिरामी परे पनि कुनै उपचार नगरेकै कारण बच्चाको ज्यान गयो कि ?भन्ने बारे उनले हालसम्म अनुमान गर्न सक्दिनन् । बच्चा जन्मेको दुई हप्तान हुँदै खेतिपाती लगायत घरको सबै काम गरिन् । बच्चा जन्मेको बेला राम्रो संग स्याहार सुसार नपाएकै कारण अहिले ईन्द्रावती राम्रोसँग उभिनर बस्न समेत सक्दिनन् । उनी भन्छिन्,–‘सँधै पेट दुख्छ, ढाड, कम्मर र खुट्टाबढी दुख्छ ।’ तर पनि उनी अहिलेसम्म अस्पताल नगएर झारफुकमै विश्वास गर्छिन् । ‘कहिले काँही सहनै नसक्ने भयो भने झारफुक गराउँछु । त्यसैले ठिक हुन्छ किन अस्पतालजानु र ?’उनीभन्छिन् । एउटा छोरा र ६ वटी छोरीको बिहे गरीसकेकी उनले छोरी बुहारीहरु गर्भवती हुँदा समेत अस्पतालनगई घरमै सुत्केरी हुन सल्लाह दिन्छिन् । ‘मैले यतीकाछोरा छोरी अस्पताल नगएर जन्माएँ । अहिलेका छोरी बुहारी अस्पतालजानखोज्छन्’ –उनीभन्छिन्, ‘बच्चापाउने पीडा त मलाई र उनीहरुलाई एउटै हो । घरमै जन्माए पनि हुन्छ । मत अस्पताल जानुपर्छ भन्दिनँ ।’
गढवा ७ की चन्द्रकली यादवको पनि २२ वर्षमा विवाहभयो । उनले पनि बिवाह भएको दुई वर्षमा सन्तान जन्माईन् । वर्षैपिच्छे ८ सन्तानलाई जन्मदिएकी चन्द्रकलीको साथमा ३ भाई छोरा र ३ बहिनी छोरी मात्रै छन् भने दुईवटी छोरी गुमाइसकेकी छिन् । यादव समुदायमा सुत्केरी भएपछि डेढ महिनासम्म सुत्केरी भान्सा कोठामा नजाने, भात पकाउन नपाउने चलन छ । तर चन्द्रकलीले भने सुत्केरी भएकै दिनमा पनि घरको कामगर्नु पथ्र्यो । छोरी जन्माएको भन्दै सासु ससुराले घरको काम नगरेपछि साँझछोरीलाई जन्मदिएकी उनले बिहान उठेर खाना पकाउने, भाडा माझ्नेदेखि घरको सबै काम गरिन् ।‘मलाई सासुससुराले छोरी पाएको भनेर धेरै गाली गर्नुभयो, साँझ मैले भात पकाएर छोरीलाई जन्मदिए बिहान सासुले भाडा माझ्दैन भनेर फेरि गाली गर्नुभयो, उनले भक्कानिँदै भनिन्– ‘सुत्केरी भएको २४ घण्टान हुँदै मैले पानी आफैँल्याएर भाडामाझेँ । सुत्केरी भएको एक दिन नहुँदै गरुङगो काम गरेपछि धेरै रगत बग्यो र म त्यही बेहोस भएर ढलेँ ।’ यति हुँदा पनि उनलाई परिवाका सदस्यले अस्पताल लगेनन् । यसरी पहिलो छोरी जन्मिएको एक वर्षपछि फेरि जुम्ल्याहाछोरीलाई जन्मदिइन् । घरको रडाको अझ बढिभयो । बर्षाको समय छोरीहरुलाई उनले राम्रोसँग स्याहार सुसार गर्न समेत पाईनन् र उनी एक वर्ष नहुँदै जुम्ल्याहाछोरीहरुलाई गुमाइन् ।
मातृशिशु मृत्युदर कम गर्ने प्रयास
स्थानीयपालिकाहरुले मातृशिशु मृत्युदर काम गर्नको लागि वार्षिक रुपमा बजेट छुट्याएर विभिन्न काम गर्दै आएकाछन् । राजपुर गाउँपालिकाले मातृशिशु मृत्युदर कम गर्नको लागि वार्षिक पाँचलाख रुपैँया छुट्याउँदै आएको स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले जानकारी दिए । उक्त रकम आर्थिक अवस्था कमजोर भएका सुत्केरीहरुलाई अस्पताल ल्याउने, लैजाने, पोषणका आहार बिहार वितरण गर्नुका साथै नियमित अस्पतालगएर चेकजाँच गराउन चेतना दिने खालको कार्यक्रममा खर्च गर्दै आएको शाखा प्रमुख रोकायाले बताए ।
त्यस्तै गढवा गाउँपालिकामा पछिल्लो तीन बर्षको अवधिमामातृ शिशु मृत्युदरमा धेरै कमी आएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय सबै गर्भवति आमाहरु स्वाथ्य संस्थामा नियमितजाँच गराउन आउनुका साथै सुत्केरी हुन पनि अनिवार्य स्वाथ्य संस्थामा ल्याउने प्रयास भएपछि विगत तीनबर्षको अवधिमा एक जना शिशुको मात्र मृत्यु भएको गढवागाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए ।
मधेसी समुदायमा घट्दै मातृशिशु मृत्युदर
पछिल्लो समयमामधेसी समुदायमा मातृशिशु मृत्युदर घट्दै गएको पाईएको छ । मधेसी समुदायको बसोबास रहेको दाङको राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा समधेसी समुदायमा मातृशिशु मृत्युदर घटेको तथ्याङक छ । २०७७ सालदेखि २०८० सम्मको तथ्याङकअनुसार मधेसी समुदायका २ जनामात्रै शिशुको मृत्यु भएको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले जानकारी दिए । पालिकामा २०७७ सालदेखि २०७९ सम्म ३ जनाशिशु मृत्यु भएकोमा २ जनामधेसी र १ जनाजनतातिबाट शिशुको मृत्यु भएको रोकायाले बताए । उनकाअनुसार यो अवधिमा २ जना सुत्केरी महिलाको मृत्यु भएकोमा १ जना क्षेत्री समुदाय र १ जनादलित समुदायका रहेका छन् । त्यस्तै २०७९/८० मा भने राजपुर गाउँपालिकामा शुन्य मातृशिशु मृत्युदर रहेको उनले बताए ।
गढवा गाउँपालिकामा आर्थिक वर्ष २०७८/७९ मा १ जना सुत्केरी महिलाको मृत्यु भएको र मृत्यु हुनेमा क्षेत्री समुदायबाट रहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । गतआर्थिक वर्ष २०७९/८० मा गढवामा पनि शुन्य मातृशिशु मृत्युदर छ ।
तुलसीपुरमा मातृशिशु मृत्युदर धेरै
दाङका १० वटा पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकामा मातृशिशु मृत्युदर धेरै रहेको छ । गतआर्थिक वर्ष २०७८/०७९ मा जिल्ला भरी १७ जनाआमा र ११ जनाशिशुगरी २८ जनाको मृत्यु भएकोमा तुलसीपुरमा मात्रै ७ जनाको मृत्यु भएको छ । जसमाथारु समुदायको ३ जनाआमाले ज्यान गुमाए । त्यसैगरी आर्थिक बर्ष २०७९/८० मा जिल्ला भरी ११ जनाआमा र १७ जनाशिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङक छ । तीमध्ये ७ जना तुलसीपुर उपमहानगरपालिकाभित्रका आमाहरुले सुत्केरी हुने समयमा ज्यान गुमाएको तथ्याङकमा उल्लेख छ । तीमध्ये ३ जनाथारु समुदायका आमाहरुको मृत्यु भएको स्वथ्यकर्मीहरुको भनाई छ ।
