मंसिरसम्ममा २८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा 

मंसिरसम्ममा २८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा 


  • 6.9K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    मंसिरसम्ममा २८ प्रतिशत सर्वसाधारण बिमाको पहुँचमा 

    काठमाडौं, ११ पुस । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बिमा सेवा पुगेको छ। गत वर्ष यसै अवधिमा बिमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो। 

    images

    बिमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नौ हजार एक सय ५३ वटा जीवन बिमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बिमालेख जारी भएको छ। 

    जीवन बिमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बिमालेख संकलन गरेका छन्। यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बिमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ।

    चालु आबको मंसिरसम्ममा जीवन बिमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बिमा शुल्क उठाएका छन् । यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बिमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ। 

  • सम्बन्धित विषय:

  • # अर्थ
  • # बिमा

  • तेस्रो आँखा