ओमप्रकाश गुप्ता
देउखुरी ११ पुस । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघका पदाधिकारीहरु सम्मानीत भएका छन् । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आइतवार एक कार्यक्रमको आयोजना गरी दुवै उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई खाँदा र टिका लगाई स्वागत तथा सम्मान गरेको हो ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बरका अध्यक्ष अधिकारी प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे (मनु) र महासचिव शेषकान्त आचार्यले दुवै उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई टिका र खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका हुन् ।

सम्मानीत हुनेहरुमा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, वरिष्ठ उपाध्यक्ष बाबुराम थापा, उपाध्यक्ष प्रेमबहादुर केसी, सचिव भरतमणी न्यौपाने, कोषाध्यक्ष श्रीधर खत्री, सदस्यहरु कृष्णराज पौडेल, विष्णुप्रसाद पाण्डे विक्रम, घमानसिंह राउत क्षेत्री, बिजुला केसी र चम्फा भुसाल छन् ।

त्यसै गरी सम्मानीत हुनेहरुमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुणर्बहादुर बुढाथोकी, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, उपाध्यक्ष भागवत ज्ञवाली, सचिव मदन पोख्रेल र सदस्यहरु गोविन्द कुवर, जिवन अधिकारी, अर्जुन क्षेत्री, प्रशान्त बसेल, रामलाल पाण्डे छन् ।

चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे (मनु)ले आफ्नो भनाइ राखेका थिए । भने कर्यक्रमको सहजिकरण चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
ओमप्रकाश गुप्ता
