काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टीको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले महाधिवेशनबाट सबै भन्दा धेरै आत्मसमिक्षा आफुले गर्नृे बताए ।
जनयुद्धको तयारी र नेतृत्व गर्न, माओवादी पार्टी कमजोर देखिनुमा मैले म भित्र नै गल्ती खोज्नु पर्ने उनको भनाई थियो ।नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने, समाजवादी क्रान्तिलाई अघि बढ्न पनि मैले बनाएको दस्तावेजले सहयोग गर्ने उनको दावी थियो ।
उनले भनेः देश र जनताको वृहत्तर हितका निमित्त माओवादी मात्र होइन अन्य पार्टीहरुका लागि पनि दस्तावेज सहयोगी हुने छ। अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष ओलीको तर्फबाट महासचिव शंकर पोखरेलले राखेको विचार पनि मनन योग्य रहेको बताए ।
उनले भनेः आत्मसमिक्षा गरौं पार्टी एकीकरण गरेर गल्ती गरेका थिएनौं। कसरी दुई धुर्वमा भयौं त्यसको पुनः समिक्षा गरौं। एमाले र माओवादी केन्द्रले यहाँ निर आत्मसमिक्षा गर्नु पर्ने उनको भनाई थियो । दाहालले ८ औं महाधिवेशन पश्चात पार्टीलाई बलियो बनाएर देखाउने प्रतिपद्धता देखाएका छन् । एमालेप्रति केहि लचक देखिएका अध्यक्ष दाहालले अन्तराष्ट्रिय परिवेशको गम्भिर रुपले समिक्षा गर्ने बताए ।
उनले भनेः नेपालको ऐतिहाँसिक पृष्ठभूमि सहित हामी कहाँ आएका छौं, के चुनौति छन् र कसरी अघि बढ्ने भन्नेबारेमा थप छलफल हुनुपर्ने उनको भनाई थियो । उनले भनेः विज्ञान प्रविधिको विकास भएको युगमा विश्व अर्थतन्त्र र राजनीति र मानिसको आपसी सम्बन्धमा कस्तो असर पारेको त्यसको समिक्षा हुने बताए ।
अध्यक्ष दाहालले राजनीतिक विकासको सन्र्दभमा समाजवाद उन्मुख समृद्धि भनेको के हो, भन्ने बारेमा नयाँ र परिमार्जित कार्यनीति र रणनीति पर्यावरण विनासको समस्या, जलवायु परिवर्तन, समुद्रको सहत बढ्ने, समुद्र वरीपरी भएका देशहरुको अस्थित्वको बारेमा अध्ययन गर्ने बताए ।
