• ट्रेण्डिङ्ग :
मेडिकल सञ्चालकविरुद्ध मुद्दा 

मेडिकल सञ्चालकविरुद्ध मुद्दा 


  • 4.5K
    SHARES
    • भाद्र २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    मेडिकल सञ्चालकविरुद्ध मुद्दा 

    बैतडी २३ भदौ/ दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ । गाउँपालिका ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

    images

    प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा सञ्चालन गरिरहेका फेला परेको थियो । अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

    त्यही दिन अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल समेत गरेको थियो । 

    मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ । 


    तेस्रो आँखा