• ट्रेण्डिङ्ग :
राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम 

राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम 


  • 3.5K
    SHARES
    • भाद्र २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम 

    दाङ २४ भदौ/ राप्ती गाउँपालिका दाङका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँको  आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वय र फ्रेड हलोज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चौकी सिसहनियाँको हलमा तालिम प्रदान गरिएको हो ।

    images

    तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार नै अन्धकार हुन भन्दै त्यसको सरसफाइ तथा उपचारमा विशेष ख्याल गर्नुपर्ने बताए । यस प्रकारको तालिम पालिकामै पहिलो भएको भन्दै अध्यक्ष विष्टले आँखाको आधारभूत उपचार जस्तो तालिम आफैमा महत्त्वपूर्ण भएको बताए ।

    त्यस्तै उनले राप्ती गाउँपालिका र हलोज फाउन्डेसनको सहयोगमा आँखा कम्जोर भएका विद्यार्थीहरुलाई अधिकतम १ हजार रुपैयाँ सम्मको चस्मा निस्शुल्क उपलब्ध गराउने समेत जानकारी दिए ।
     
    आँखा उपचार केन्द्र सिसहनियाँका ईन्चार्ज बिमल बिसीका अनुसार पालिकाको वडा नं।१ देखि ७ सम्मका सामुदायिक विद्यालयका शिक्षकहरुलाई भदौ २२ गते र वडा नं।८ र ९ का सामुदायिक विद्यालय र ९ वटै वडाका संस्थागत विद्यालयहरुका शिक्षकहरूलाई २३ गते तालिम प्रदान गरिएको हो ।

    तालिममा आँखामा हुने समस्या, आँखाको हेरचाह, समस्या भए गरिने घरेलु उपचार लगायतको विषयमा जानकारी गराइएको  इन्चार्ज बिसीले बताए ।गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका ४५ जना शिक्षकहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा कार्यक्रम संयोजक हस्त बहादुर राई,संजीव महत,राजेन्द्र सिंह धामी र विमल बिसी रहेका थिए ।


    तेस्रो आँखा