• ट्रेण्डिङ्ग :
फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन हुने

फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन हुने


  • 4.7K
    SHARES
    • भाद्र २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन हुने

    काठमाडौं २४ भदौ/ फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन गर्ने सहमति भएसँगै विवाद टुंगिएको छ । अब फिल्मको परिवर्तित नाम ‘एक भागवत् र एक गीता’(सामाजिक कथा) रहनेछ।

    images

    चलचित्र विकास बोर्डमा आइतबार बोर्ड अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, फिल्मका निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र धार्मिक संगठनका प्रतिनिधिहरू लगायतको छलफलपश्चात् उक्त नाम राख्ने सहमति भएको हो ।

    यससँगै विकास बोर्डले अब फिल्मलाई सेन्सर अनुमति दिने भएको छ । छलफलमा निर्देशक दिपेन्द्र के खनाल, कलाकार खगेन्द्र लामिछाने, कलाकार दीपकराज गिरी, अभिनेत्री सुहाना थापा लगायतको उपस्थिति थियो । 


    तेस्रो आँखा