• ट्रेण्डिङ्ग :
घरजग्गा कारोबार २० प्रतिशतले बढ्यो

घरजग्गा कारोबार २० प्रतिशतले बढ्यो


  • 3.1K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    घरजग्गा कारोबार २० प्रतिशतले बढ्यो

    काठमाडौं । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकारपछि हटेसँगै जग्गाको कित्ताकाटमा वृद्धि भएको छ। तर, अहिले जग्गाको खास कारोबार हुने समय नभएकाले कित्ताकाट फुकुवाको सकारात्मक असर देखिइनसकेको जग्गा व्यवसायीको भनाइ छ।

    images

    भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत साउनयता ५८ हजार ४ सय ८७ कित्ता जग्गालाई कित्ताकाट गरेर १ लाख २७ हजार बनाइएको छ । यो संख्या गत वर्षको यही अवधिको तुलनामा ३ गुणाले बढी हो । गत वर्ष १४ हजार ९ सय ७७ कित्ता जग्गा २७ हजार कित्ता कायम गरिएको थियो ।

    सरकारले २०७९ मंसिरमा वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था गरेपछि कित्ताकाटमा कमी आएको थियो । उक्त निर्णय फिर्तापछि घरजग्गा कारोबारमा २० प्रतिशतले वृद्धि भएको भूमि व्यवस्था तथा अभिलेख विभाग अधिकृत बलराम काफ्ले बताउँछन् ।

    कारोबार र कित्ताकाट बढे पनि राजस्व भने १६ प्रतिशतमात्रै बढेको छ । १० लाखभन्दा कम मूल्यका जग्गाको मात्रै कारोबार बढी भएकाले राजस्वमा त्यसको प्रभाव प्रत्यक्ष नदेखिएको हो । व्यवसायी भने कित्ताकाटका लागि नीतिगत अवरोध नभए पनि केही मालपोत कार्यालयका कर्मचारीले विभिन्न बहानामा अड्काउने प्रवृत्ति रहेको आरोप लगाउँछन् ।

    विगतका वर्षमा कात्तिकदेखि मात्रै जग्गाको कारोबार बढ्ने गरेको देखिएकाले यो वर्ष पनि कात्तिकपछि मात्रै जग्गाको कारोबारमा सुधार देखिने व्यवसायीको अपेक्षा छ ।


    तेस्रो आँखा