काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशन काठमाडौंको प्रज्ञा—प्रतिष्ठानमा आजदेखि सुरुभएको छ । १५ पुससम्म चल्ने महाधिवेशनको बन्दशत्र भोली मात्रै हुने छ । वि.स.२०५९ सालमा सातौं महाधिवेशन सम्पन्न गरेको तत्कालिन माओवादीले १९ बर्षपछि राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा परिणत गरेको छ ।
सुरुमा राष्ट्रिय सम्मेलनमात्रै सिमित हुने निर्णय गरेको माओवादी केन्द्रले अन्तिम अवस्थामा हिजोमात्रै महाधिवेशनमा परिणत गरेको हो । करिब दुई दशकपछि माओवादी केन्द्र पार्टी बहुपदीय प्रणालीमा जाने निश्चित भएको छ । नेतृत्वमा सहमति जुट्न नसके अब निर्वाचनबाट नेतृत्व आउने छ । तर, आज उद्घाटन सत्रमा करिब २९ मिनेट बोलेका अध्यक्ष दाहालले आफ्नो प्रशंसा भन्दा आलोचना बढी गरे ।
पार्टीमा आफु निर्विकल्प भएपनि अहिलेसम्म पार्टीमा भएका सबै गतिनिधिको जिम्मेवार आफुमा लिए । उनले भने, हिजोसम्म भ्रममा थिए, मैले परिवर्तनकालागि थुपै्र कालखण्डमा नेतृत्व लिने अबसर मिल्यो तर, मैले पार्टी र जनताकालागि के गरे भन्ने प्रश्न आज आफैसंग तर्सिेएको छ ।
उनले आफ्नो भनाईमा पटक—पटक आत्मसमिक्षा गरेका थिए । उनले आफ्नो भनाईमा कसैलाई प्रश्न र दोश दिएनन् । यतिसम्म कि केहिदिन अघिका कार्यक्रममा माओवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका नेता राम बहादुर थापा, टोप बहादुर रायमाझी, प्रभु साह लगाएतका नेतालाई देखि नसहने उनले आजको कसैलाई घोचपेच गरेन । उनको भाषणमा कसैप्रति कुनै गुनासो सुनिएन बरु पटक—पटक आफ्नै कारण पार्टीको अबस्था यहासम्म आएको बताए ।
उनले भनेःशान्ति प्रक्रिया यता कहाँ–कहाँ चुक भयो त्यसको गम्भीर आत्मसमीक्षा महाधिवेशनमा हुने छ । यसो त उनले भने, ‘यो महाधिवेशनबाट गर्न खोजेको कुरा आत्मसीक्षा नै हो । हामी शान्ति प्रक्रियामा आएदेखि कहाँ–कहाँ चुक्यौं समीक्षा गर्छौं ।’
राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै समीक्षा आफ्नैबारे गरेको बताए। ‘प्रतिवेदनमा सबैभन्दा आत्मसीक्षा मैले मेरै गरेको छु,’ उनले भने, ‘मैले आफैंलाई चिरफार गरेको छु ।’ उनले यसो भन्दै गर्दा सभाहलमा सन्नाटा छायो र कहिले ताली बज्ने गरि आफ्ना भनाई राखे त कहिले भावुक बनाउने गरि आफ्नो भनाई राखे ।
उनले भनेः हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ । एमाले महासचिव (शंकर पोखरेल) प्रतिलक्षीत गर्दै भनेका थिए उहाँले जुन स्पिरिटमा राख्नुभएको छ, हाम्रा लागि पनि त्यो चिन्तन मनन गर्न लायक छ ।’
दाहालले पटक—पटक भन्दै आएको नेकपा एमाले संगको एकता भूल हो । तर आज उनले त्यो एकता गलत नभएको तर्क गरे । उनले बरु एक पटक आत्मसमिक्षा गर्दै भूल सुर्धाने हो कि सम्म भन्न पछि परेनन् । उनले कहाँ कमजोरी भयो भनेर समीक्षा गर्न समेत एमालेलाई आग्रह गरे । उनले भने, ‘फेरि एकचोटी आत्मसमीक्षा गरौं कहाँ कमजोरी भयो ? हामीले गल्ती गरेका थिएनौं ।’
करिब तीन दशक पार्टीको एकल नेतृत्व गरेका अध्यक्ष दाहाल १९ बर्षपछि फेरी वैधानिक बाटोबाट पार्टीको नेतृत्वमा आउन लागेका छन् । सायद उनको यो भनाई अनुरुप उन आफ्नो पक्षमा जनमत संकलन गर्दैछन् । उनले अहिले सबैभन्दा पार्टीमा आफ्नो पक्षमा महोल बनाउनु पर्ने छ । अर्काे जनतामाझ ।
उनले भनेका छन् आफ्नो राजनीतिक प्रतिवेशन एउटा आत्मसमिक्षा हो । अहिले पार्टीमा नेतृत्व परिवर्तनको मुद्दा उठिरहेको छ । पुस्तान्तरणको वहश चल्दै गर्दा माओवादी केन्द्रमा पनि नेतृत्व भन्दा नेताको उदय हुने देखिएको छ । २०६४ साल चैत्र २८ गते नेपालको इतिहासमा ६० वर्षदेखी थाती संविधानसभाको निर्वाचन सम्पन्न भयो ।
सो निर्वाचनमा तत्कालिन माओवादी पहिलो पार्टी बन्यो । २०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो । त्यसपछि माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो । त्यसपछि संघीय संसदको तीनै निर्वाचनमा कहिले नेपाली कांग्रेस त, कहिले एमालेसंगको सहकार्यबाट अघि बढ्ने चेष्टा गर्यो ।
तर, यो अबस्थामा सम्म आइपुग्दा माओवादी केन्द्र विभिन्न समय विभाजन भयोको संघारमा उभियो । यो बीचमा अध्यक्ष दाहालले पार्टीलाई उचाईमा मात्रै ल्याउने काम गरेनन् उनले पार्टीको अस्तीत्व बचाउन हर कोशिस गरेका थिए ।
उनले थप्दै गए युद्वको नेतृत्व गर्ने पनि मै, शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पनि मै, २०६२, ६३ को जनआन्दोलनमा नेतृत्वदायि भूमिका निभाउने पनि मै तर, म आफ्ै पार्टीलाई एक ढिक्का बनाउन कहाँनिर चुँके ? उनले सबै गल्तीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उद्घाटन सत्रको भाषणलाई हेर्नेहो अब दाहाल व्यक्त भन्दा पार्टी केन्द्रीय बनेका छन् । अबको नेतृत्व माओवादी केन्द्रकालागि मिसायल नै बन्ने छ ।
