• ट्रेण्डिङ्ग :
निर्माण सम्पन्न भएको ५० शैयाको रोल्पा अस्पताल हस्तान्तरण 

निर्माण सम्पन्न भएको ५० शैयाको रोल्पा अस्पताल हस्तान्तरण 


  • 3.0K
    SHARES
    • भाद्र २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    निर्माण सम्पन्न भएको ५० शैयाको रोल्पा अस्पताल हस्तान्तरण 

    रोल्पा २७ भदौ/ रोल्पा अस्पताललाई स्तरबृद्धी गरेर ५० शैयामा रूपान्तरण गरिएको छ । लुम्बिनी प्रदेशस्तरको आधुनिक सुविधा सम्पन्न नयाँ अस्पताल भवन निर्माण सम्पन्न भएको ३ महीना पछि (अस्पताललाई) बुधवार हस्तान्तरण गरिएको छ ।

    images

    रोल्पा नगरपालिकाको वडा नम्बर २ स्थित रेउघामा निर्माण सम्पन्न भएको अस्पताललाई एक कार्यक्रमका बीच संघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्क बहादुर चौधरीले रोल्पा अस्पताल बिकास समितिका अध्यक्ष फविन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

    अस्पतालका मेसु लोकरत्ना ज्ञवाली,इन्जिनियर ईश्वरी प्रसाद देवकोटा र चन्द्र बहादुर घर्तीमगरको रोहबरमा अस्पताल हस्तान्तरण गरिएको हो । हस्तान्तरण भएको रोल्पा अस्पताललाई आगामी असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०बाट बिधिवतरुपमा उद्घाटन गराउने तयारी छ ।

    ३५ करोड ६ लाख लागतमा बनेको अस्पतालको मुख्य भवनमा १,२,३ र ४ वटा ब्लकसहित स्टाफ क्वाटर,मोर्टवरी ,सिएस एसडी, क्यान्टिन ब्लक र गार्ड , जेनेरेटर हाउस रहेका छन् ।

    ५० शैयाको अस्पतालमा विभिन्न रोगका ११ जना विशेषज्ञ डाक्टरसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरूको भने अझै अभाव छ ।


    तेस्रो आँखा