अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदन, 'समान विचार राख्ने शक्तिहरुबीच संयुक्र मोर्चा बनाएर अघि बढ्ने'

अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदन, 'समान विचार राख्ने शक्तिहरुबीच संयुक्र मोर्चा बनाएर अघि बढ्ने'


  • 8.7K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    अध्यक्ष प्रचण्डकाे राजनीतिक प्रतिवेदन, 'समान विचार राख्ने शक्तिहरुबीच संयुक्र मोर्चा बनाएर अघि बढ्ने'

    काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेनमा समान विचार राख्ने शक्तिहरुबीच संयुक्र मोर्चा बनाएर अघि बढ्ने कार्यदिशा अपनाइएको छ। 

    images

    सोमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । यस्तै,  ‘पार्टी इतिहासको संक्षिप्त चर्चा’ शीर्षकमा ‘इतिहासमा प्रचण्डपथको योगदान’का बारेमा पनि चर्चा भएको सहभागि एक प्रतिनिधिले जानकारी दिए।

    उनका अनुसार वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा अध्यक्ष प्रचण्डले उल्लेख 
     गरेका छन्। राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सोमबार नै समूह विभाजन गरी छलफल हुने ती प्रतिनिधिले जानकारी दिए। 

    बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।