यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड

यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड


  • 7.6K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड

    काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेनमा यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पारित नहुने उल्लेख गरिएको छ। 

    images

    सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन्। त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका छन्।

    सोमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । यस्तै,  ‘पार्टी इतिहासको संक्षिप्त चर्चा’ शीर्षकमा ‘इतिहासमा प्रचण्डपथको योगदान’का बारेमा पनि चर्चा भएको सहभागि एक प्रतिनिधिले जानकारी दिए।

    बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।