आज गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै

आज गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै


  • 5.0K
    SHARES
    • आश्विन १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    आज गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै

    काठमाडौं । आज विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ।

    images

    यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।​ शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ।

    भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।


    तेस्रो आँखा