- तेस्रो आँखा डेस्क
काठमाडौं, १२ पुस । नेपालभर २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २२५ जना कोरोना मुक्त भएका छन् ।
२४ घण्टामा १०८८६ नमुना परिक्षण गरिएको थियो । ९१५७ जनामा पिसिआर परिक्षण गर्दा २५१ र १७२९ जनामा एन्टीजेन परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ ।

