• ट्रेण्डिङ्ग :
सर्पदंशबाट बालकको मृत्यु 

सर्पदंशबाट बालकको मृत्यु 


  • 4.7K
    SHARES
    • आश्विन २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 7.3K Views

    सर्पदंशबाट बालकको मृत्यु 

    बाँके २ असोज/ सर्पदंशबाट पाँच बर्षीय बालकको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका-३ उत्तर भकारीका ५ वर्षीय बालक जय थारुको गोमन सर्पको टोकाईबाट मृत्यु भएको हो ।

    images

    जयलाई घरको आँगनमा आज मध्यान्ह गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्‍याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

    सर्पदंशबाट वैशाखदेखि उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । वैशाखदेखि भदौ महिनासम्म उपचारका क्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिए ।

    त्यसैगरी उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै पाँच जनाको मृत्यु भएको छ । पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना छन् ।


    तेस्रो आँखा