खोप अभियान तत्कालका लागि स्थगित

खोप अभियान तत्कालका लागि स्थगित


  • 7.5K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    खोप अभियान तत्कालका लागि स्थगित

    काठमाडौं, १२ पुस । खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए ।

    images

    खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो । उनले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे ।

    उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उनले बताए । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # खोप अभियान

  • तेस्रो आँखा
    लेखकबाट थप