घोराही ३ असोज/ दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु भएपछि प्रभावकारी बन्दै गएको छ । युरो सर्जन डा। प्रवोध रेग्मीले गृह जिल्ला दाङ आएसंगै प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु गरेका थिए । अहिले उक्त सेवा प्रभावकारी बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिष्ठानमा युरो सेवा सुरु भएसंगै हालसम्म किड्नीमा पत्थरी भएका करिब ४० जना बिरामीको सफल अप्रेसन गरेको डा. रेग्मीले बताए । युरो सर्जरी सेवा सुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहीत पिसाव सम्वन्धि सबै सेवा र प्रोष्टेड विरामीले पाउने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए ।
