• ट्रेण्डिङ्ग :
बैवाहिक वर्षगाठमा रगत जाँच गर्ने सीबीसी मेसिन सहयोग 

बैवाहिक वर्षगाठमा रगत जाँच गर्ने सीबीसी मेसिन सहयोग 


  • 8.2K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 12.7K Views

    बैवाहिक वर्षगाठमा रगत जाँच गर्ने सीबीसी मेसिन सहयोग 

    तुलसीपुर ४ असोज/ नेपाली कांग्रेस तुलसीपुर नगर सभापति तथा युवा व्यवसायी सुरेश हमाल र रेखा हमालले तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा रगत जाँच गर्ने सीबीसी मेसिन हस्तान्तरण गरेका छन् ।

    images

    आफ्नो २६ औं वैवाहिक वर्षगाठको अवसरमा हमाल दम्पतीले बिहीबार अस्पताललाई रगत जाँच गर्ने सीबीसी मेशिन हस्तान्तरण गरेका हुन् । बिरामीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले सिविसी मेशिन सहयोग गरेको सुरेश हमालले बताए ।

    अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले अस्पतालमा हमाल दम्पतीले सीबीसी सिन सहयोग गरेकोमा खुशी व्यक्त गरे । अन्य मेसिनहरु बिग्रेको खण्डमा पनि अब अस्पताल रगत जाँच हुने सेवा नरोकिने र बिरामीहरुले पनि छिटो छरितो सेवा पाउँने न्यौपानेले बताए । 

     


    तेस्रो आँखा