• ट्रेण्डिङ्ग :
रोल्पाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग 

रोल्पाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग 


  • 4.5K
    SHARES
    • आश्विन ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    रोल्पाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग 

    रोल्पा ५ असोज/ रोल्पा जिल्लाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग गरिएको छ । हेफर इन्टरनेशनल नेपालले लम्पी स्किन रोगबाट संक्रमित पशुको उपचारको लागि औषधि सहयोग गरेको हो ।

    images

    सुनछहरी गाउँपालिका, लुङ्ग्री गाउँपालिका र माडी गाउँपालिकामा औषधि सहयोग गरिएको हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेलले जानकारी दिए ।

    पोख्रेलले मानिसमा महामारी फैलिँदा संघ संस्था तथा दातृ निकायहरुबाट सहयोगको वातावरण बन्ने तर पशुचौपाया बिरामी पर्दा सरोकारवाला निकायको ध्यान नपुग्ने बताए । अहिले पशुचौपाया बिरामी परेको र तिनको उपचारको लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य राखेर सामाग्री दिएको उनले बताए ।

    एउटा पालिकामा एक हजार पशुचौपायाको उपचार गर्न सकिने औषधि दिइएको छ। सुनछहरी गाउँपालिकाका उपाध्यक्ष ननकला घर्ती, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा र माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीलाई सामाग्री हस्तान्तरण गरिएको थियो।

    हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत पोख्रेल र पशु चिकित्सक डा। अंकिता श्रेष्ठले सामाग्री हस्तान्तरण गरेका हुन्। औषधिका साथै लम्पी स्किन रोग नियन्त्रण र उपचार विधि लेखिएको सन्देशमूलक प्रचार–प्रसार सामाग्री पनि हस्तान्तरण गरिएको थियो।


    तेस्रो आँखा