• ट्रेण्डिङ्ग :
डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु 

डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु 


  • 3.8K
    SHARES
    • आश्विन ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु 

    पाल्पा ९ असोज/ डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले  बताए ।

    images

    सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए ।

    जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको  मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।


    तेस्रो आँखा