काठमाडौं ९ असोज/ जीउ ज्यानको सुरक्षा माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि प्रहरीले दमन गरेको छ । सोमबार पोखरमा डाक्टर कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि माईतीघर मण्डलामा प्रहरीले धरपकड गरेको हो ।
माईतीघरमा प्रदर्शनरत रहेका चिकित्सक र प्रहरीबीच घम्साघम्सी चलेको हो । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले नेताहरु गफ चुट्ने बिरामीले डाक्टर कुट्ले, डाक्टर कुट्न पाईंदैन, चिकित्समाथिको हिंसा बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
