नेपालमा ओमिक्रोनको त्रास बढ्दो/५० बेडमाथिका अस्पतालमा खोप केन्द्र राख्न मन्त्रालयको निर्देशन(विज्ञप्तीसहित)

नेपालमा ओमिक्रोनको त्रास बढ्दो/५० बेडमाथिका अस्पतालमा खोप केन्द्र राख्न मन्त्रालयको निर्देशन(विज्ञप्तीसहित)


  • 6.6K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    नेपालमा ओमिक्रोनको त्रास  बढ्दो/५० बेडमाथिका अस्पतालमा खोप केन्द्र राख्न मन्त्रालयको निर्देशन(विज्ञप्तीसहित)

    काठमाडौं, १२ पुस । नेपालमा कोरोना भाइरस सक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढ्दै जादा सरकारलाई पुर्ण खोपको रणनीति अघि बढाउने भएको छ । संक्रमण जोखिम बढ्दै जादा सरकारले त्यसको रोकथाप तथा जोखिम न्यूनिकरणकालागि ५० बेडभन्दा माथिका अस्पतालमा छुट्टै खोप केन्द्र स्थापना गर्ने भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै कोरोना महामारी नियन्त्रणकालागि  ५० बेड भन्दा बढी क्षमता भएको अस्पतालमा खोप केन्द्र स्थापना गर्ने बताएको हो ।

    पछिल्लो समयमा ओमिक्रोन भेरियन्ट फैलिरहेको अबस्थामा त्यसको रोकथामकालागि सरकारले प्रत्येक ५० बेड क्षमताका अस्पतालमा खोप लगाउने व्यवस्था गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका सह—प्रवक्ता समिर कुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा  कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि उच्च प्राथमिकता दिदैं संक्रमण विरुद्दको खोप अभियान संचालन उल्लेख छ । 

    मन्त्रालयले अस्पतालहरुले खोप केन्द्र संचालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासंग समन्वय गर्न आग्रह गरेको छ । १८ बर्ष भन्दामाथिका नेपाली नागरिकहरुलाई नेपाल सरकारको नियमअनुसार कोभिड—१९ विरुद्दको खोपहरु उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म खोप लगाउनलाई मन्त्रालयले आग्रह गरेको छ ।

    पछिल्लो समय ओमिक्रोनको संक्रास बढ्दै जादा सरकारले त्यसको रोकथामकालागि उच्च सर्तकता अपनाएको छ । ओमिक्रोन संक्रमण रोकथामकालागि प्रमुख कार्यभएको भन्दै विज्ञहरुले तत्काल खोपको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।  

    कोरोनाविरुद्ध

    पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।

    यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ। देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा संक्रमण पुष्टि भएको हो।

    FHnYKEsVUAQIVv4.jpg
     

  • सम्बन्धित विषय:

  • # ‘ओमिक्रोन

  • तेस्रो आँखा
    लेखकबाट थप