• ट्रेण्डिङ्ग :
डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ


  • 5.5K
    SHARES
    • आश्विन १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 8.5K Views

    डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं/ सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम तथा गुल्मी घर भई हाल सिनामङगल बस्ने ३४ सरोज गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

    आज दिउँसो करिब १ बजे ओपिडीमा डा खड्कामाथि हातपात भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सक अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।


    तेस्रो आँखा