निरला अर्याल,तुलसीपुर १५ असोज/ दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने भएको छ । दाङ जिल्लाको भाषा, कला-संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेलि सिरियल छायांकन हुन लागेको हो । जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहनसहन समेटेको छ ।
दाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन गर्न उक्त टीम दाङ आएको टेलि सिरियल डिङ्नोका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिए । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार तथा निर्देशक बुढाथोकीले भने-बुढेसकालको साहारा बन्ने डिङ्नो ले आफ्ना छोरा छोरीलाई बुबा आमाले गलत बाटोमा जान नदिनकको लागि प्रयोग गर्नु हुन्छ । विविध कारणले घर, देश छोड्न बाध्य भएका नेपालीहरुको अन्तरमनको व्यथा समेटिएको टेलिसिरियल हो डीङ्नों उनले भने । दाङका विभिन्न पर्यटकीय क्षेत्रमा ५ सय भाग छायांकन गरिने जानकारी दिए ।
संघका अध्यक्ष्य सन्तोष केसीको अध्यक्षतमा भएको साक्षात्कार कार्यक्रमममा बोल्दै पटकथा तथा संवाद पूर्ण गन्धर्वले समाजका हरेक क्षेत्रहरु सामाजिक, आर्थिक राजनैतिक तवरबट अस्तव्यस्त भएको बताए । समयमा यही बेसहारा को साहारा, भरोसा बन्दै गएको डीङ्नो गहन बिषयबस्तु बोकेको छ । असोज १५ गतेबाट बंबई गाउँपालिकाको विभिन्न ठाउँबाट छायांकन सुरु गर्ने समेत जानकारी दिए । कार्यक्रममा नाट्यकर्मी महासंगका महासचिव जेबि डीसी कलाकार तथा परिकल्पनाकार कुलदीप अधिकारी, कलाकार सरिता कठ्यत, अनिसा न्यौपाने र सन्तोषी पौडेल को उपस्थिति रहेको थियो ।
संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मी, सल्लाहकार सरद रेग्मी लयतकाले टेलिसिरील छायांकन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । संघका सदस्य झाग्गु भण्डारीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमक सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।
