• ट्रेण्डिङ्ग :
स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन भएको छ:  स्वास्थ्यमन्त्री 

स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन भएको छ:  स्वास्थ्यमन्त्री 


  • 7.5K
    SHARES
    • आश्विन १७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 11.6K Views

    स्वास्थ्यकर्मी माथी हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन निर्देशन भएको छ:  स्वास्थ्यमन्त्री 

    घोराही, १७ असोज/ स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुनि दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिईसकीएको बताएका छन् । दाङको घोराहीस्थ्ति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुका साथै प्रतिष्ठानको नव निर्मित इमरजेन्सि भवनको उद्घाटन गर्दै मन्त्रि बस्नेतले स्वाथ्यकर्मीलाई काम काज गर्ने क्रममा नै हातपात गर्नु अत्यन्तै निन्दनिय काम भएको पनि बताए ।

    images

    उनले कानुनलाई हातमा लिने जुनसुकै समुहलाई कानुनि दायरामा ल्याई मुद्धा चलाउन गृहमन्त्रालयसंग छलफल गरेर प्रहरीलाई निर्देशन दिईएको बताए । स्वास्थ्यकर्मिहरुको सुरक्षाको लागि राज्य प्रतिवद्ध रहेको बताउदै मन्त्रि बस्नेतले गलत ढंगले हुलहुज्जत गरेर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मिमाथि हातपात गर्ने कुरा सरकारलाई सह्रय नहुने बताए । उनले कानुन वमोजिम हुने कृयाकलापमा सबैको साथ हुने, तर, गैरकानुनि गतिविधिमा साथ दिन नसकीने स्पष्ट पारे ।

    उनले प्रतिष्ठान दाङको धरोहर भएको भन्दै पर्याप्त बजेट छुट्याउन आफु तयार रहेको बताए । प्रतिष्ठानको सेवामा सुधार ल्याई शैक्षिक कार्यक्रम अघि बढाउन पनि मन्त्रालयको सहयोग रहने बताए । प्रतिष्ठान आफ्नो कार्ययोजनासहीत इमान्दारीतापुर्वक आए बजेटको कुनै कमि नहुने पनि आश्वासन दिए ।


    तेस्रो आँखा