• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी (फाेाटाेफिचर)

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी (फाेाटाेफिचर)


  • 7.6K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल जारी (फाेाटाेफिचर)

    काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ। 

    images

    पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो।

    समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ। आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि मंगलबारबाट समूहगत छलफल सुरु भएको हो।

    समूहका नेताले बुधबार बिहान ११ बजेसम्ममा समूहको निष्कर्ष दिनुपर्नेछ । बिहीबारसम्म चल्ने भनिएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति सदस्य चयन गर्नेछ।

     

    265656297_641030580377993_4016700309932616687_n.jpg

    262738190_386416533281684_7313184923367364173_n.jpg

    269720124_1049898075584686_5396764164217249506_n.jpg

    268377978_1304839696695032_2949055685044480026_n.jpg

    270010797_246193864253915_9042051641977756590_n.jpg

    269800196_322826979740482_1894071116586677646_n.jpg

    269843650_4552481824839037_844079576187524973_n.jpg

    269824379_635006964586136_588763749209848494_n.jpg