काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहगत रूपमा भइरहेकाे छलफलका लागि दौडधुप गरिरहेका छन्। पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफूले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनलाई निशर्त पारित गराउनु उनलाई चुनौति छ।
उनी आफ्नो राजनीतिक प्रतिवेदन सकेसम्म जस्ताको त्यस्तै पारित गराउनेमा छन्। यद्दपी राम कार्कीले भने उनको प्रस्तावमा केही सुधानका विषय भन्दै फरकमत सार्वजनिक गरिसकेका छन्।
करिव ३० वर्षदेखि नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै आएका प्रचण्ड अहिले पनि सर्वसम्मतिमा नयाँ केन्द्रीय समिति चयन गर्ने तयारीमा उनी छन्। महाधिवेशनको बिचमै आज उनले स्थायी कमिटी बैठक पनि राखेको थिए।





