समानुपातिक समावेशी क्लस्टर छान्न समिति गठन

समानुपातिक समावेशी क्लस्टर छान्न समिति गठन


  • 7.8K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    समानुपातिक समावेशी क्लस्टर छान्न समिति गठन

    काठमाडौं,१३ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्र्तगत केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी क्लस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । संविधान र पार्टीको विधान व्यवस्था अनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरिएको हो ।

    images

    स्थायी कमिटीको आज बिहान बसेको बैठकले देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।

    समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिने स्थायी कमिटीले निर्णय गरेको   हो । समिति सदस्य श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष हुन् ।

    माओवादी केन्द्रले यसअघि १५ सदस्सीय पदाधिकारी बनाउने विधान पारित गरेको छ । पदाधिकारीमा पनि ३५ प्रतिशित महिला अनिवार्य गरिएको छ । सबैको समावेशी प्रतिनिधित्व छुट्याउनका लागि कमिटी गठन गरिएको नेता गिरिराजमणि पोखरेलले    बताए ।