२४ घण्टामा २४१ कोरोना सङ्क्रमित थपिए

२४ घण्टामा २४१ कोरोना सङ्क्रमित थपिए


  • 5.1K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    २४ घण्टामा २४१ कोरोना सङ्क्रमित थपिए

    काठमाडौं, १३ पुस । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ५३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको   छ ।

    images

    त्यस्तै, चार हजार ३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८८ पुगेको छ । 

    यसैगरी, देशभर हालसम्म चार हजार ९१० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    corona_13.jpg

  • सम्बन्धित विषय:

  • # २४ घण्टामा

  • तेस्रो आँखा
    लेखकबाट थप